ताजा समाचार सरकारसँगको वार्ताका ज्वालासिंहको चारबुँदे सर्त, सर्त पूरा भए ३० दिनभित्र वार्ता टोली गठन    ||     पछिल्लो परिवर्तन: 2008-10-16
voting
माओवादीको अवधारणापत्रबाट सहमति निस्केला ?
निस्कन्छ
निस्कदैन
Vote result
blog
your blog
publication
gold_silver
प्रति १० ग्राम
goldछापावाल रु  २०४०५
तेजrबी रु २०२७५
silver
चांदी  रू ३८४
add
cartoon_bg

ठूलो हेर्नुस्
add
horoscope
horoscope
add
exchange
भारतीय रूपैंया(१००) १६०.०० १६०.१५
अमेरिकी डलर ६७.६० ६८.२०
यूरो १०५.२२ १०६.१५
add
share
add
weather
उपत्यका  
अधिकतम २९ देखि ३१ डिसे
न्यूनतम १९ देखि २१ डिसे
सूर्योदय ०५.२८ बजे
सूर्याष्त १८.५२ बजे
add
add
add
add

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र संघका महासचिव बान कि मुन राजनीतिक भेटघाटका अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका साथ ।
interview

 संगठन सुदृढीकरण र विस्तारका लागि पार्टीबाट कस्तो कदम चालिने निर्णय भएको छ ?

पछिल्लोपटक केन्द्रीय समितिको बैठक बस्यो । पार्टी एकता भइसकेपछिका धेरै काम गर्न बाँकी विषयहरू थिए । हामी संविधानमा लाग्यौं । राष्ट्रका परिवर्तनका विषयहरू आए, हामी त्यसमा व्यस्त रहृयौं । अहिले आएर पार्टी एकतापछि गर्न बाँकी विषयहरूमा हामीले ध्यान दिएका छौं । कतिपय विभाग र समितिहरू बनाउन सकिएको थिएन । जिल्लाको सभापति तोकिए पनि विभाजनको स्थिति छ, क्षेत्रीय कमिटी र गाउँ कमिटीमा दुई-दुईवटा समिति छ । यी सबैलाई एकजुट बनाएर क्रियाशील सदस्यताको समस्या समाधान गरेर र पार्टीलाई एक बनाएर अगाडि बढाउन काम हुँदैछ । वैधानिकरूपमा पार्टी एक भए पनि वास्तविकमा अहिले पनि पार्टी दुइटा रहेको अवस्था छ । पार्टीलाई एकजुट बनाउनका लागि पार्टीले पचहत्तरै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाउँदैछ । आजभोलि नै केन्द्रीय प्रतिनिधिहरू खटिनेछन् । पहिले दुईवटा पार्टीलाई एक बनाइसकेपछि क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीले काम आजभोलिबाटै थाल्नेछौं ।

पार्टी एक बनाउनका लागि कस्ता आधार तयार पारिएका छन् ?

पार्टीका दुईजना प्रतिनिधिलाई खटाइनेछ । अहिले भएका दुईवटा कमिटी सबैलाई एउटै कमिटी बनाइनेछ । त्यो कमिटी अधिकार सम्पन्न हुन्छ । केन्द्रले त्यसका लागि पचहत्तरै जिल्लामा केन्द्रीय प्रतिनिधिहरूलाई खटाउनेछ । ती प्रतिनिधिले अहिले देखिएका सबै समस्या सुल्झाएरमात्र केन्द्रमा र्फकनेछ ।

यस विषयमा केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई के कस्ता सुझाव दिइएको छ ?

केन्द्रीय कमिटीमा जे निर्णयहरू भएका छन्, त्यसअनुसार काम हुँदैछ । संविधान बनाउने सम्बन्धमा, राज्य पुनर्संरचना सम्बन्धमा, संघीयताका सम्बन्धमा समिति बन्नेछ । ती समितिले जिल्ला-जिल्लामा जाने, राय सल्लाह लिने, नेपाली कांग्रेसले आधुनिक नेपाल बनाउन चाहेको एउटा प्रजातान्त्रिक संविधानको विषयमा व्यापक छलफल गरेर हामी संविधानसभामा प्रस्तुत हुन्छौं ।

tourism & culture

मध्यपुर । भक्तपुर जिल्लाको १६ वटै गाविसका ग्रामीण क्षेत्रमा पर्यटनको विकास गर्ने उद्देश्यले ग्रामीण पर्यटन प्रवर्द्धन अभियान सुरु गरिएको छ ।


रसुवा । तेस्रो पर्यटकीय क्षेत्रको रूपमा रहेको लाङटाङ र क्यान्जेन उपत्यकामा फोहरमैलाको व्यवस्थापन हुन नसक्दा पर्यटकीय मार्ग दुर्गन्धित बन्न पुगेको छ ।


मध्यपुर, पुस ४  । मध्यपुर ठिमीको पुरातात्विक एवं ऐतिहासिक महत्त्वको ठिमीनगरकै मुख्य शक्तिपीठका रूपमा पुजिँदै आएको सिद्धिकाली मन्दिरको पुनर्निर्माण कार्य सुुरु भएको छ ।


म्याग्दी । म्याग्दी जिल्लाको पश्चिमी भेगमा पर्ने ताकम गाविसस्थित ऐतिहासिक देवताभीर गुफामा रहेका प्राचीन मुद्रा तथा ऐतिहासिक अभिलेखहरू एकाएक हराउन थालेपछि स्थानीय बासिन्दा चिन्तित भएका छन् ।


बाग्लुङ । पर्यटकीय तथा धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने शालिजा र बचाङ गाविसको सिमानामा रहेको सिर्पु -शिवपुरी) गुफा प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ ।


personality
sports

 काठमाडौं । माओवादी सरकारका दुई वरिष्ठ मन्त्रीहरुबीच चलेको वाकयुद्धका कारण सरकारका गठबन्धन दुई ठूला दलबीचको तिक्तता सार्वजनिक भएको छ । यसले मर्यादाक्रमलाई समेत बेवास्ता गर्ने र अपमान गर्ने काम भएको छ । सन्दर्भ हो प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्ने क्रममा त्रिभुवन विमानस्थलमा उपस्थित कार्यवाहक प्रधानमन्त्री वामदेव गौतम र अर्थमन्त्री डा. बाबुराम भट्टराईबीचको वाकयुद्ध ।

इन्द्रजात्राका अवसरमा अन्तिम दिन दिइने बलीका लागि सरकारले खर्च कटौती गरेका कारण सडकमा उत्रिएका नेवार समुदायलाई नियन्त्रणमा लिन अर्थमन्त्री डा. भट्टराईले कार्यवाहक प्रधानमन्त्री गौतमलाई ठाडो निर्देशन दिएका थिए ।

>> विस्तृत
sports

काठमाडौं । रियल दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगितामा आइतबार त्रिभुवन आर्मीका उत्तम खड्कीले पहिलो स्थान हात पारेका छन् ।

प्रतियोगिताअन्तर्गत खुलातर्फ महिलाको १०० मिटर बटरफ्लाईमा ओलम्पियन करिश्मा कार्की तथा पुरुषको ५० मिटर बटरफ्लाईमा नेपाल आर्मीका चन्द्रसिंह महतोले नयाू राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नयाँदिल्ली । मास्टर ब्लास्टर सचिन तेन्दुलकरले अस्ट्रेलियाविरुद्ध घरेलु सिरिज इरानी कपमा सहभागिता नजनाउने भएका छन् ।

काठमाडौ । अमृत साइन्स क्याम्पस अस्कलले अन्तरक्याम्पस पुरुष बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

टोकियो । रूसी सुन्दरीद्वय स्टेभात्ला कुज्नेत्सोभा तथा डानिरा सफिना जापानको टोकियोमा सञ्चालन भइरहेको प्यान प्यासिफिक टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेकी छन् ।

काठमाडौ, असोज १ । प्रथम न्यू जेनिथ कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ विल्सन एकेडेमी र जुनियर ब्वाइजतर्फ अरुणोदय बुधबार पहिलो भएका छन् ।

लन्डन, असोज १ । युरोपको शक्तिशाली क्लब तथा पूर्व विजेता बार्सिलोना, चेल्सी, लिभरपुल तथा इन्टर मिलानले मंगलबार राती च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेका छन् ।

new
 

काठमाडौं, असोज ३० । ट्राफिक व्यवस्थापन सुधार संयुक्त कार्यदलले गृहमन्त्रालयको निर्देशनमा हिजोदेखि सडक पेटीबाट फुटपाथे व्यापारीलाई हटाउने क्रमलाई आज पनि जारी राखेको छ । काठमाडौंका मुख्य सहर तथा चोकहरुमा भइरहेको बढ्दो सवारी जामलाई कम गर्न ट्राफिक व्यवस्थापन सुधार संयुक्त कार्यदलले हिजोदेखि सडक पेटीहरुलाई खाली गराउने अभियान सुरु गरेको थियो । कार्यदलले सो अभियानलाई आज पनि निरन्तरता दिएको छ । अभियानका क्रममा आज बिहान काठमाडौं महानगरपालिकाका प्रहरीले रत्नपार्कको आकाशेपुल र त्यस क्षेत्र वरपरका सडकपेटी अतिक्रमण गरी बनाइएका संरचना भत्काएको छ ।


main news
सरकारसँग वार्ताका लागि चारबुँदे सर्त

काठमाडौं, असोज ३० । सरकारले मधेसमा आन्दोलनरत समूहसंग वार्ता गर्ने घोषणा गरेलगत्तै तराइमा शसस्त्र संर्घष गरिरहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समुहले सरकारसँगको वार्ताका लागि ४ बुँदे सर्त अघि सारेको छ ।

पोखरा दसैं महोत्सव दश गतेदेखि

पोखरा, ८ असोज । विजया दशमीको अवसर पारेर क्षेत्रीय होटल सङ्घ, पोखराले असोज १० देखि २० गतेसम्म दसैं महोत्सवको आयोजना गर्ने भएको छ । आन्तरिक एवम् वाहृय पर्यटक प्रवर्द्धनका साथै उनीहरूको बसाई लम्ब्याउने तथा उपभोक्ताहरूलाई दैनिक उपभोग्य वस्तुलगायतका सामान सरल ढङ्गले उपलब्ध गराउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरिने सो महोत्सवको सम्पूर्ण तयारी पूरा भएको सङ्घद्वारा हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अनेरास्ववियूको बन्दसत्र जारी

पोखरा, ७ असोज । प्रतिनिधि छनौटमा विवादको टुंगो लागिसकेपछि पोखरामा जारी अनेरास्ववियूको १९ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रको पहिलो सत्र सकिएको छ । पहिलो सत्रमा पुरानो कार्यसमिति भङ्ग भएको घोषणा गर्दै सोमनाथ अधिकारी प्यासीको संयोजकत्वमा २१ सदस्यीय अध्यक्षात्मक मण्डल गठन गरिएको छ । प्यासी अनेरास्ववियूका पूर्व अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय लेखा परीक्षण समितिका केन्द्रीय सदस्य हुन् । अनेरास्ववियूका सचिवालय सदस्यसमेत रहेका गोकर्ण विष्टको अध्यक्षतामा १७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

उपप्रधानमन्त्रीद्वारा संसदमा बाढीपहिरोबारे जानकारी

काठमाडौं, ७ असोज । व्यवस्थापिका संसदको आजको बैठकमा समय माग गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले यही असोज ३ गते मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका केही जिल्लाहरुमा अविरल पानी परेका कारण आएको बाढीपहिरोले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी दिनुभयो । बाढीपहिरोले हालसम्म २६ जनाको मृत्यु भएको र करिब १२ हजार ७८९ परिवार विस्थापित भएको उपप्रधानमन्त्री एवम् गृहमन्त्रीले सदनलाई जानकारी दिनुभयो । उहाँले बाढीपहिरो प्रभावितका उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री वितरण भइराखेको, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट बाढी प्रभावित क्षेत्रमा रोग फैलन नदिन चिकित्सक टोली परिचालन युद्धस्तरमा भइराखेको बताउनुभयो ।

भोकभोकै बस्नुपरेको बाढीपीडिको गुनासो

धनगढी, ७ असोज । बाढी तथा डुबानका कारण विस्थापित भएका कैलाली जिल्लाका कतिपय बासिन्दाले वितरण भइरहेको राहत सामग्री पर्याप्त नभएकाले आफूहरु अझै पनि भोकभोकै बस्नुपरेको गुनासो गरेका छन् । विस्थापित भई हसुलिया गाविसको टिसिएनको कार्यालय परिसरमा आश्रय लिइरहेकाले सोमबार हेलिकप्टरमार्फत उपलब्ध गराइएको चिउरा, चाउचाउ, बिस्कुट अत्यन्त कम परिमाणको भएकाले पीडितहरु बीच नै लुछाचुडी भएको बताएका छन् । बाढी र डुबानपछि दुई दिनसम्म भोकभोकै बसेका पीडित ती कतिपय परिवारहरुले आज पाँचौ दिनसम्म खान नपाएको बाढीपीडितले बताएका छन् ।

मस्यौदा समितिको बैठक आज बस्यो

काठमाडौं, ७ असोज । संविधानसभा कार्यविधि नियमावली मस्यौदा समितिको बैठक समितिका संयोजक नारायणमान बिजुक्छेको संयोजकत्वमा आज बसेको छ । आजको बैठकमा समितिद्वारा परिमार्जित संविधानसभा कार्यविधि नियमावली २०६५ को मस्यौदामाथि छलफल प्रारम्भ भयो । समितिको अर्को बैठक यही असोज ९ गते बिहीबार बिहान बस्नेछ ।

इन्द्रजात्रा विवाद संसदमा

काठमाडौं, असोज ५ । अर्थमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा सांस्कृतिक पर्वका विषयमा उठेको विरोधका सम्बन्धमा सरकारको ध्यानाकर्षण भइसकेको र आवश्यक व्यवस्था मिलाइसकिएको बताउनुभएको छ ।

thought of the week

नेपाल कम्युनिष्ट पार्टी एमालेले पहिला माओवादीहरुसँग तालमेल नगर्ने जनाएको हो । यसका प्रमुख कारणमा राष्ट्रपति पदमा माओवादीहरुले एमालेलाई सहयोग नगरेर उनीहरुका नेताहरुलाई संविधानसभाको चुनावमा हराएको ऋण तिर्न नसकेको भन्दा पनि आपत्ती हुने छैन । माओवादीले प्रयोग गर्ने र आफ्नो लागि काम सकिएपछि त्यसलाई अपमानित हुने गरेर नै फाल्ने गरेको देखिएको नै हो । अब त्यो प्रयोग हुने र फालिने होइन प्रयोग हुने र पछि त्यसैको लागि उपयुक्त हुने पात्रको रुपमा एमाले नेता एवं वर्तमान उपप्रधानमन्त्री वामदेव गौतमलाई लिइएको छ भन्ने पनि सुनिएको छ । यो तर्कमा तुक यसकारणले पनि देखिएको हो कि चुनावमा हारेकालाई कार्यकारी शक्ति नभएको भनिएको राष्ट्रपति पद नदिने भनेर एमाले नेता माधवकुमार नेपाललाई पन्छाउने काम भयो । तर पछि चुनाव नै हारेका वामदेव गौतमलाई उपप्रधानमन्त्री दिने काम भयो । यसबाट धेरै अर्थ निकाल्न सकिनु अस्वभाविक होइन । प्रचण्डले माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्तावित गर्न आफुले चाहेको तर आफ्नो दलमा असफल भएको बताउनुभएको चर्चामा आएको थियो र उहाँले माधवकुमार नेपालसँग त्यसको लागि आत्मालोचना पनि गर्नुभएको सुन्नमा आएको थियो । हुन त कम्युनिष्ट पार्टीमा आत्मालोचना चोक्कर हो वा गौत हो जुन आवश्यकताअनुसार कतै फिट गर्न र कहिले कसैलाई चोख्याउन प्रयोग हुन्छ भन्ने गरिन्छ ।

>> विस्तृत
business

इलाम, असोज ५ । वीर्य राख्न प्रयोग गरिने नाइट्रोजनको अभावका कारण कृषकहरु मर्कामा परेका छन् । गाईमा कृत्रिम गर्भधारण गराउने वीर्य राख्ने नाइट्रोजनको अभाव भएपछि पूर्वाञ्चलका इलाम, मोरङ, झापा, धनकुटा र सुनसरी जिल्लाका पशुपालक कृषक समस्यामा परेका छन् ।


काठमाडौं । सरकारले तत्काल रकम उपलब्ध नगराए पेट्रोलियम पदार्थको अभाव अझ लम्बिने भएको छ । सरकारले थप रकम नदिएमा पेट्रोलियम पदार्थ ल्याउन समस्या हुने नेपाल आयल निगमले जनाएको हो ।


काठमाडौं, असोज १ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमीले नेपाल वायुसेवा निगमका लागि नयाँ विमानहरू किन्न सरकार ग्यारेन्टी बस्ने बताइन् ।


न्युयोर्क, साउन १ । अमेरिकाको सबैभन्दा ठूलो बिमा कम्पनी एआईजीलाई टाट पल्टिनबाट बचाउन अमेरिकी सरकारले ८५ अर्ब डलर सहायता रकम उपलब्ध गराएको छ ।


पोखरा, असोज १ । कास्कीको उत्तरी भेग लुम्ले गाविसमा पर्ने पर्यटकीय गाउँ लान्द्रुकको भीर-पहरामा जोखिमपूर्ण ढंगले भीर मौरीको मह काढेर आम्दानीमात्र भएको छैन


काठमाडौं, भदौ १९ । सप्तकोशी नदीले पूर्वपश्चिम राजमार्ग क्षतिग्रस्त बनाएर यातायात अबरुद्ध भएको लामो समयसम्म सञ्चालन हुन नसक्ने भएको छ । यातायात अबरुद्ध भएपछि कोशी पूर्व सञ्चालनमा रहेका सम्पूर्ण उद्योगहरु कोशी पश्चिम सार्ने तयारी भएको छ ।


काठमाडौं, भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी आर्थिक क्रान्तिलाई अगाडि बढाउन र केही नयाँ कुरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।


art & entertaintment

सिनेमा उद्योगमा किंग खानको नाममा चर्चित शाहरुखको सिनेमामा जोडी बन्नु कुनै पनि अभिनेत्रीको लागि दिवा स्वप्नभन्दा कम थिएन । तर दिवा स्वप्न सत्य सावित भएको छ बंगलोरकी १९ वर्षीया अनुष्का शर्माका लागि ।


बलिउडमा अहिले एक्सन दृश्य गर्ने भूत सवार भएको छ । एकातिर अभिनेत्री दिपिका पादुकोण अक्षय कुमारसंग निखिल आडवाणीको फिल्म चांदनी टु चाइनाको लागि बैंककमा सुटिंग गरिरहेकी छिन् । अर्कोतिर हैदरावादमा फिल्म गजिनीको लागि अमिर खानसंग अभिनेत्री जिया खानले पनि सो दृश्यको सुटिंग सकेकी छिन् ।


काठमाडौं । सङ्गीतशिला प्रतिष्ठानको यहाँ सम्पन्न चौथो महाधिवेशनले बद्रीप्रसाद प्रसाईंको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ ।


काठमाडौं, वैशाख ११ । करिब तीन दशकअघि सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमाई कति पो राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो बोलको लोकगीतका गायक कृष्णविक्रम थापाको मृत्यु भएको छ ।



wonder

चीन, असोज १ । चीनमा प्रदूषित धुलो दूधका कारण बिरामी हुने बालबालिकाको संख्या ६ हजार दुई सय नाघेको छ ।


यमन, असोज १ । यमनको राजधानी सनामा अमेरिकी राजदूतावास भवनलाई लक्षित गरी आक्रमण गरिएको छ । आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको बताइन्छ ।



other news
telephone   gallery   science
literature   music   Documents